#Attribution1 { display: none; }

Wednesday, April 29, 2015

अष्ट्रेलियाली प्रधानमन्त्रीलाई अपील : १० करोड डलर खर्चेर नेपालका भूकम्प पीडितलाई अस्पताल बनाइदिउँ

 नेपालमा आएको बिनासकारी भूकम्पका कारण यतिबेला विश्व नै स्तब्ध भएको छ । विश्वभरका नागरिक र सरकारले नेपाललाई आ-आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।

धेरै टेलिभिजनले सहयोग रकम संलकन अभियान चलाइरहेका छन् भने कतिपय अनलाइनमा नेपालमा भौतिक निर्माणका लागि ठूलो धनराशी खर्च गर्न आ-आफ्ना सरकारसमक्ष अपील गर्न थालिएको छ ।  हालै एक अष्ट्रेलियाली नागरिकले आफ्ना प्रधानमन्त्रीलाई पत्र लेख्दै पहिलो विश्वयुद्धमा ज्यान गुमाएका सैनिकको सम्झनामा युरोपमा निर्माण गर्ने भनिएको १० करोड डलरको लागतको विद्यालय निर्माण नगरी त्यसबाट नेपालका भूकम्प पीडितका लागि अस्पताल बनाउन अपील गरेका छन् ।  इभान क्रिस्टेनले अनलाइन निवेदन गर्दै पहिलो विश्वयुद्धमा दुई लाखभन्दा धेरै नेपालीहरुले आफ्नो मुलुकका लागि ज्यान गुमाएको सम्झनास्वरुप नेपालमा १० करोड डलरको लागतमा अस्पताल निर्माण गरिए दिवंगत सैनिकको आत्मासमेत खुसी हुने बताएका छन् ।
 उनले अष्ट्रेलियाली प्रधानमन्त्रीलाई गरेको आह्वानको भावानुवाद यस्तो छ- 
 विश्वका विभिन्न युद्ध, द्वन्द तथा शान्ती स्थापना कार्यमा ज्यान गुमाउने अस्ट्रेलियाली तथा न्युजिल्याण्डका मानिसहरुको सम्झनामा अस्ट्रेलिया र न्युजिल्याण्डमा मनाइने एनज्याक डे -अस्ट्रेलियन एण्ड न्युजिल्याण्ड आर्मी कप्र्स) अर्थात् अपि्रल २५ को दिन यो वर्ष नेपालमा भुइँचालो गयो ।  समाचार हेरिरहँदा मैले पहिलो विश्वयुद्धका बेला यी दुई देशका सैनिकले सत्रुराष्ट्रका सैनिक विरुद्ध पहिलो लडाइँ सुरु गरेको ठाउँ भिल्लर्स ब्रेटोनक्सका नाममा युरोपमा शैक्षिक केन्द्र स्थापना गर्ने समाचार सुनेँ, १० करोड डलरको लागतमा ।  यो विचारले मेरो मस्तिष्कलाई चिर्‍यो र लाग्यो, यस्तो शैक्षिक केन्द्र स्थापना गर्नुभन्दा नेपालको पुनर्निमाणमा १० करोड खर्च गर्नु हाम्रो एनज्याक प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । यो रकमले नेपालमा राम्रो गुणस्तरका धेरै अस्पताल निर्माण गर्न सकिन्छ र ती अस्पताललाई एनज्याक मेमोरियल अस्पताल नामाकरण गर्न सकिन्छ ।  मलाई अनुभूति भयो कि हाम्रा दिवंगत सेनाहरुको आत्मा यस्ता स्मारकबाट प्रफुल्लित हुन्छ । साथै यसले ठ्याक्कै एकसय वर्षपछि त्यस्तै पीडामा परेका मानिसहरुलाई पनि फाइदा पुर्‍याउँछ ।  नेपालीहरु पनि हाम्रा साथीहरु हुन् जसले पहिलो विश्वयुद्धमा हाम्रा लागि २ लाख सैनिक पठाएका थिए, आफ्नो युवा जनशक्तिको ठूलो हिस्सा ।  मलाई विश्वास छ, यो सहयोगको निकै उत्कृष्ट प्रस्तुति हुनेछ जसले जीवनयापनको आवश्यकता र मृतकप्रतिको सम्मानलाई संयोजन गर्नेछ । साथै यो अन्तराष्ट्रिय भाइचाराको निकै राम्रो नमूनासमेत बन्नेछ ।  यदि तपाइँलाई यो विचार सही लाग्यो भने कृपया हस्ताक्षर गरी आफ्ना परिवार तथा साथीभाइलाई पठाउनुहोस् ।