#Attribution1 { display: none; }

Friday, April 24, 2015

जापानमा लोकतन्त्र दिवस मनाइयो

टोकियो स्थित नेपाली राजदूतावासमा आयोजित लोकतन्त्र दिवस कार्यक्रममा सहभागिहरुले लोकतन्त्रको आधारभूत अधिकारको पालना गर्न सरकारसंग आग्रह गरेका छन ।
कार्यक्रममा सहभागि जापानवासी नेपालीहरुले लोकतन्त्रको मुल्य र मान्यतालाई अक्षरस पालना गर्न नेपाल सरकार र दलहरुलाई आग्रह गरेका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले समृद्ध मुलुक निमार्णका लागि मुलुकमा लगानी वढाउने कार्यक्रममा एक जुट हुन आग्रह गर्नुभयो । कार्यक्रममा लोकतन्त्र दिवसको महत्व र यसको कार्यान्वयन अवस्था वारे जानकारी दिदै राजदूत भट्टराईले सवैले आफनो जिम्मेवारी अनुसार काम गरे मुलुक चाडै समृद्धिको बाटोमा पुग्ने बताउनु भयो । कार्यक्रममा एनआरएन आईसीसीका सदस्य ओम गुरुङ, एनआरएन जापानका उपाध्यक्ष नरबहादुर थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका चिरन्जीवी थापा, एसिया फ्रेण्डशीप एसोसिएसनका अध्यक्ष अनोज शाक्य, व्यवसायी नेत्रबहादुर विष्ट, दिपक प्रसाद कँडेल लगायतले सान्र्दभिक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागिलाई दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।