#Attribution1 { display: none; }

Friday, April 24, 2015

टोकियो पार्कमा पत्ता लाग्यो उच्च विकिरण स्तर

जापानको टोशिमा वडाको एक पार्कमा विकिरण को एक उच्च स्तर पत्ता लागेको नगरपालिकाका अधिकारीहरुले बताएका छन् । विकिरण पत्ता लागेपछि आवासीय क्षेत्र नजिकैको पार्क बन्द गरिएको  छ ।
Tokyo Toshima ward
फुजी टेलिभिजन अनुसार, त्यहाँ देखा परेको विकिरणको मापन गर्दा प्रति घण्टा ४८० मिक्रोसीएवेर्ट पार गर्न सक्ने रिपोर्टले बताएको छ | अधिकारीहरुले सुरक्षाको कारण देखाउदै पार्क बन्द गरिएको जानकारी दिएका छन् ।
पदाधिकारीका अनुसार उक्त विकिरण माटो मुनि बाट आएको बताएका छन् । उनीहरुका अनुसार त्यो विकिरणले मानव स्वास्थ्यलाई खासै असर नगरेता पनि विकिरणको उद्गम स्थल पत्ता लगाउन पार्क बन्द गरिएको जानकारी दिएका छन् । साथै सो क्षेत्र छिट्टै प्रदुषण मुक्त हुने समेत जनाए ।